• २०८१ बैशाख २८ शुक्रबार

फोरम र नयाँ शक्तिको पार्टी एकता घोषणा सोमबार हुने 

kharibot

काठमाडौं । संघीय समाजवादी फोरम र नयाँ शक्तिबीच पार्टी एकताको  हुने भएको छ ।

एकताको औपचारिक घोषणा आगामी सोमबार हुने भएको छ । एकीकरणपछि पार्टीको नाम समाजवादी पार्टी, नेपाल हुने दुवै अध्यक्ष उपेन्द्र यादव र डा.बाबुराम भट्टराईले एक विज्ञप्ति जारी गर्दै जानकारी दिएका छन् ।

 

नेकपा मोडलमा नयाँ शक्तिका संयोजक डा बाबुराम भट्टराई र फोरमका अध्यक्ष उपेन्द्र यादव अध्यक्ष रहने सहमति भएको बताइएको छ ।

केही समयदेखि पार्टी एकीकरणको प्रयास गरिरहेका यी दुई दलबीच दुवै पक्षबीच सांगठनिक विषयमा कुरा मिलिसकेको बताइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै