• २०८१ बैशाख २२ शनिबार

बर्ड फ्लूबाट नेपालमा पहिलो पटक मानिसको मृत्यु

kharibot

काठमाडौं । बर्ड फ्लूबाट नेपालमै पहिलो पटक मानिसको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काभ्रेका २१ वर्षीय युवाको बिहीबार पत्रकार सम्मेलन गरेर बर्ड फ्लूबाट मृत्यु भएको जानकारी दिएको हो । 

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा उक्त बिरामीको घाँटीको र्याल परीक्षण गर्दा भाइरसको प्रकार एकीन गर्न सम्भव नभएपछि उक्त नमुना विश्व स्वास्थ्य संगठनको कोलाबेरेटिङ सेन्टर फर इन्फ्यूएन्जा जापानमा परीक्षण गर्दा बर्ड फ्यू पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार बिरामीको उपचारको क्रममा स्वासप्रश्वासमा समस्या भइ चैत १५ गते मृत्यु भएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै