• २०८१ बैशाख २२ शनिबार

मोन्टेभिडियोमा चार सय जलचरको बर्ड फ्लूबाट मृत्यु

kharibot

मोन्टेभिडियो । बर्ड फ्लू लागेर उरुग्वेको  समुद्री तटमा चार सयभन्दा बढी सिल र सि लायन मरेका अधिकारीहरूले बताएका छन् ।

मोन्टेभिडियोको समुद्री किनारमा सि लायनलाई बर्ड फ्लू लागेको यकिन भएपछि सम्बन्धित मन्त्रालयहरूले निगरानी गरिरहेका छन् ।

सरकारी अधिकारीहरूका अनुसार मरेका समुद्री जनावरहरू आन्ध्र महासागरको किनारमा फेला देखा परेका तथा तिनबाट भाइरसको फैलावट  हुन नदिन तीन सय ५० वटालाई गाडिएको छ ।

वातावरण मन्त्रालयका जीवजन्तु विभागका प्रमुख कार्मेन लीजागोयेनले बर्ड फ्लूका कारण जलचर मरेका बताए छन् । उनले रोग नियन्त्रण गर्न नसकिने बताउँदै जलजीवको प्रतिरोधात्मक क्षमता विकास भएपछि ती नमर्ने उनले एएफपीलाई बताए । ती जलचरमा प्रतिरोधात्मक क्षमता विकास कहिलेसम्ममा भइसक्छ भन्न नसकिने पनि उनले उल्लेख गरे ।

उरुग्वेमा तीन लाख १५ हजार सिल र सि लाइन रहेका अनुमान गरिएको छ । जनावरहरूबाट मानवमा बर्ड फ्लू नसरे पनि विभाग प्रमुख लीजागोयेनले समुद्र तटमा नजान सर्वसधारणलाई आग्रह गरेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै