• २०८१ बैशाख १८ मंगलबार

कुली नम्बर १ को रिमेक बन्ने, गोविन्दाको भूमिकामा बरुण धवन 

kharibot

मुम्बई । सन् १९९९५ मा रिलिज भएको गोविन्द र करिश्मा कपुरको चर्चित फिल्म कुली नम्बर १ को रिमेक बन्ने भएको छ । 

फिल्मका निर्देशक डेभिड धवनले आफ्ना कान्छा छोरा बरुण धवनलाई लिएर आफ्नो सुपरहिट फिल्म कुली नम्बर १ को रिमेक बनाउन लागेको बरुण धवन आफैले कन्फर्म गरेका छन् । 

फिल्मको निर्देशन डेभिड धवनले नै गर्ने छन् भने फिल्ममा आलिया भट्ट या सारा अली खानले बरुणको अपोजित कम गर्ने बताइएको छ । बरुण धवनले भने आफुले सबै फिल्म आलियासँग गर्न नसक्ने भने अभिनेत्रीको टुंगो छिट्टै लाग्ने बताएका छन् ।

बरुणको अब कलंक रिलिज हुदै छ भने यस पछि स्ट्रिट डान्सर फिल्म आउदै छ । त्यसपछि कुली नम्बर १ आउने बरुणले जानकारी दिएका छन् ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै