लस एन्जेलस । अमेरिकी राज्य नेभादाको लस भेगासमा आइतबार राति भएको एक कन्सर्ट (सांगितिक प्रस्तुति) मा भएको गोलीकाण्डमा ज्यान गुमाउनेको संख्या ५९ पुगेको छ अन्य ५२७ जना घाइते भएका छन् ।
सोमबार बिहान लस भेगसको नगर प्रहरीले मारिने व्यक्तिको संख्या ५९ पुगेको जानकारी दिएको छ । सोही गोलीकाण्डमा परी ५२७ जना गम्भीर रुपमा घाइते भएका छन् ।
सो होटलमा भएको सांगेतिक कन्सर्टमा ३२औँ तल्लाबाट स्टेफन प्याडक नाम गरेका व्यक्तिले अन्धाधुन्द गोली चलाएका थिए । सो कन्सर्टमा करिब २२ हजार मानिस सहभागी भैरहेको बेला प्याडकले गोली चलाएका थिए । प्याडकले गोली चलाएपछि आफैलाई गोली हानेर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनि बसेको होटलबाट १६ वटा अत्याधुनिक राइफल बरामद भएको छ । प्रहरीको नम्बरमा फोन आएको १२ मिनेटमा सो होटलको कोठामा प्रहरी पुग्दा प्याडकले आफुलाई गोली हानी मरिसकेको प्रहरीले जनाएको छ ।
प्रहरीले हाल गरेको सुरुवाती अनुसन्धानमा यो आतंकवादी घटना नभएको बताएको छ । यो घटना अमेरिकी गोली काण्डको इतिहासमा अहिलेसम्मकै ठुलो भएको बताइएको छ ।