• २०८१ जेठ ७ सोमबार

व्यस्त समुद्री किनारमा विमानको आकस्मिक अवतरण, दुई जनाको ज्यान गयो 

kharibot

पोर्चुगलको कोस्टा डा कोष्टास्थित समुद्री किनारमा सानो विमानले आकस्मिक अवतरण गर्दा दुई जनाको ज्यान गएको छ ।

ज्यान जानेमा आठ वर्षीय बालक र ५६ वर्षीय वृद्ध रहेको पोर्चुगलको नेशनल मारिटाइम अथोरिटीले बुधबार जनाएको छ । अचानक बिचमा प्लेन आएका कारण उनीहरुको मृत्यु भएको हो । त्यस्तै अर्की एक युवती घाइते भएकी अन्तर्राष्ट्यिर सञ्चारमाध्यमहरुले जनाएका छन् ।

यद्यपि विमानमा रहेका एक जना इन्स्ट्रक्टर र अर्का पाइलट भने सकुशल रहेका छन् । विमान किन आकस्मिक रुपमा समुद्री किनारमा अवतरण गराइयो भन्ने खुल्नसकेको छैन । उक्त विमान ट्रेनिंग प्लेन रहेको जनाइएको छ । प्रहरीले यसबारे अनुसन्धान गरिरहेको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै