• २०८१ बैशाख २२ शनिबार

रिलायन्स लाइफको रिलायन्स मुद्दती निक्षेप सुरक्षा योजना 

kharibot

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले रिलायन्स मुद्दती निक्षेप सुरक्षा योजना सार्वजनिक गरेको छ ।  

कम्पनीका अनुसार रिलायन्स मुद्दती निक्षेप सुरक्षा योजना बैंकको मुद्दती निक्षेप जस्तै हो जसमानियमित वा एकमुष्ठ बीमा शुल्क भुक्तानीे, दोब्बर रक्षावरण, र बीमा अवधिभर बीमाङ्कको बार्षिक पाँच प्रतिशतको दरले रकम फिर्ता पाइने जस्ता सुविधाहरु रहेका छन् ।

यसको अतिरिक्त बीमा चालू रहेको अवस्थामा बीमितको मृत्यु भएमा कुल बीमाङ्क वा बीमाङ्कको दोब्बर रकम (बार्षिक भुक्तानी गरिसकेको रकम नकटाई) र बोनस एकमुष्ठरुपमा भुक्तानी गरिनेछ । अन्य अवस्थामा बीमा अवधिको समाप्तिमा बाँकी बीमाङ्क रकम र आर्जित बोनस एकमुष्ठरुपमा बीमितलाई भुक्तानी गरिने विशेषता रहेको कम्पनीले जानकारी दिएको छ ।  

बीमा लेखको निरन्तरता रहुन्जेलसम्म सुरक्षाको साथै वार्षिकरुपमा निश्चित रकम प्राप्तहुने हुँदा भविष्यमा आइपर्ने बित्तीय आवश्यकताहरु पूरा गर्न एक उत्तम विकल्पकोरुपमा कम्पनीले यो योजना लिएर आएको जानकारी दिएको छ ।

रिलायन्स लाइफ इन्स्योरेन्स सिद्धार्थ बैंक  र अन्य प्रतिष्ठित व्यापारिक घरघरानाद्वारा प्रवद्र्धित कम्पनी भएको र हाल ६८ वटा शाखाहरुबाट आफ्ना ग्राहकहरुलाई सेवा दिदै आइरहेको कम्पनीले जानकारी दिएको छ ।  

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै