• २०८१ बैशाख २३ आइतबार

रिलायन्स लाइफ इन्स्योरेन्सको सातवटा शाखा उद्घाटन

kharibot

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले सात वटा शाखाहरुको समुद्घाटन सम्पन्न गरेको छ । कम्पनीले धनगढी, महेन्द्रनगर, दैलेख, डडेल्धुरा, टीकापुर, नेपालगञ्ज, सुर्खेत, दैलेखमा आफ्नो शाखाहरुको उद्घाटन सम्पन्न गरेको हो । 

धनगढी शाखाको समुद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुली र प्रदेश न. ७ का आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले संयुक्त रुपमा गरेका हुुन् ।

त्यसैगरी कम्पनीको नायब कार्यकारी अधिकृत निराजन कंडेलको साथमा महेन्द्रनगर शाखाको भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्ट, डडेल्धुरा शाखाको अमरगढ़ी नगरपालिकाका मेयर बिशेश्वरप्रसाद ओझा, दैलेख शाखाको जिल्ला समन्वय समितिका का.मु.प्रमुख बालकृष्ण केसी र प्रहरी नायब उपरीक्षक ठाकुर प्रसाद पोख्रेल, टिकापुर शाखाको टिकापुर महानगरपालिकाका उपमेयर श्रीमती केशरी विष्टरावल, नेपालगंज शाखाको नेपालगंज उपमहानगरपालिकाका मेयर डा. धवलशमशेर राणा, सुर्खेत शाखाको प्रदेश न.६ का आर्थिक मामिला तथा योजनामन्त्री माननीय प्रकाश ज्वाला वुढाथोकीले समुद्घाटन गरेका हुन ।  

समारोहमा कम्पनीका पदाधिकारी र स्थानिय बासिन्दाको समेत उपस्थिति रहेको थियो ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै