• २०८१ बैशाख २५ मंगलबार

क्यान्सरको उपचार गरेर अभिनेत्री सोनाली बेन्द्रे मुम्बई फिर्ता  

kharibot

मुम्बई। बलिउडका प्रख्यात कलाकार सोनाली बेन्ड्रे अमेरिकमा क्यान्सरको उपचारपछि घर फर्किएकी छन् । उनी सोमबार विहान सबेरै मुम्बाई फर्किएकी हुन् । 

सोनालीको स्वास्थ्यमा राम्रो सुधारपछि न्युर्योकबाट मुम्बाई फर्र्र्किएको उनका श्रीमान गोल्डी बेहलले बताएका छन् । सोनालीको स्वास्थ्यमा राम्रो सुधार भएको र अव थप उपचारको लागि न्युर्योक जानु नपर्ने बेहलले बताए । 

करिब छ महिनादेखि सोनाली राम्रो होस भन्ने चाहाना राख्ने सबैलाई उनी राम्रो भएको खबर गर्न चाहेको बहलले बताए । 

यस अवधिमा सोनालीप्रति सबैले देखाएको माया र समर्थनको लागि बहलले धन्यवाद दिएका छन् । अव सोनालीको उपचार पूरा भएको र अव उनी पूर्णरुपमा स्वास्थ्य भएकी बेहलले बताए । 

न्युर्योकमा सोनालीको उपचारपछि उनलाई घर फर्काउन पाएको आफू अत्यन्त खुशि भएको बेहलले बताउनु भएको छ । 

अरु विरामीले जस्तो उनको पनि नियमित जाँच गराउनु पर्ने बताइएको छ । सोनाली बलियो आत्मबल भएको महिला र उनीप्रति आफूलाई गर्व रहेको बेहल बताउनु भएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै