• २०८१ बैशाख २३ आइतबार

आधुनिक प्रविधिसहितको सेवा दिन डोटीको जोरायल पुग्यो कृषि विकास बैंक 

kharibot

काठमाडौं । डोटी जिल्ला जोरायल गाउँपालिकामा कृषि विकास बैंक लि.को नयाँ शाखा खोलिएको छ । गत शुक्रबार बैंकका संचालक समिति सदस्य घनश्याम अवस्थी र बैंकका प्रमुख कार्यकारी अधिकृत लिला प्रकाश सिटौलाले संयुक्त रुपमा उक्त शाखाको उद्घाटन गरेका हुन् । 

कृषि विकास बैंक लि. क्षेत्रीय कार्यालय, धनगढीका निर्देशक हरिश्चन्द्र यादवको अध्यक्षतामा भएको कार्यक्रममा स्वागतमन्तव्य कृषि विकास बैंक लि. बैंकिङ्ग कार्यालय, जोरायल डोटीका प्रबन्धक सिद्धराज पाण्डेले गरेका थिए । सेवाग्राही तथा सर्वसाधारण जनताको व्यापक उपस्थिति रहेको उदघाटन समारोहमा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु,विभिन्न कार्यालयका प्रतिनिधीहरु, सेवाग्राहीहरुको बाक्लो उपस्थिती रहेको थियो ।

उक्त कार्यक्रममा जोरायल गाउँपालिका अध्यक्ष, उपाध्यक्ष क्रमशः दुर्गादत्त ओझा, जमुना बोहोराले समेत बैंकको उच्च प्रगतिको कामना गर्दै शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।  कार्यक्रमका प्रमुख अतिथि तथा कृषि विकास बैंक लि का प्रमुख कार्यकारी अधिकृत सिटौलाले जनप्रतिनिधि तथा जनताको सहयोग भएमा बैंकले निरन्तरता पाई भविष्यमा अझ बढी आधुनिक सेवा सुविधा उपलव्ध गराउन सक्ने बताएका थिए ।

कार्यक्रममा कृषि विकास बैंक लि. मुख्य कार्यालय काठमाडौंका विभागीय प्रमुख दीर्घ बहादुर अर्याल, शाखा प्रमुख तथा प्रवक्ता हिमलाल पौडेल, कृषि विकास बैंक लि. क्षेत्रीय कार्यालय धनगढीका शाखा प्रमुख लिलाधर भट्ट, डोटी शाखाका प्रबन्धक दीर्घ बहादुर शाह समेतको उपस्थिति रहेको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै