• २०८१ बैशाख २३ आइतबार

प्राइम लाइफ र नेपाल बैंकबीच सम्झौता 

kharibot

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी र नेपाल बैंकबिच बैकास्योरेन्स सम्झौता भएको छ ।

सम्झौतामा प्राइम लाइफ इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराई र नेपाल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत देवेन्द्र प्रताप शाहले हस्ताक्षर गर्नुभएको कम्पनीबाट जारी विज्ञप्तिमा जनाएको छ । 

सम्झौता भएपश्चात् प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले जारी गर्ने विभिन्न जीवन बीमा योजनाहरु नेपाल बैंको देशभर रहेका शाखा कार्यालयहरुबाट उपलब्ध हुनेछन् । हाल प्राइम लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी एक अर्ब ७८ करोड रुपैयाँ रहेको छ ।

कम्पनीको जीवन बीमा कोषमा छ अर्ब ५३ करोड, कुुल प्रिमियम १२ अर्ब १९ करोड रुपैयाँ रहेको छ ।

कम्पनीको देशभर एक सय ३५ स्थानबाट सेवा प्रवाह गरिरहेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै