• २०८१ बैशाख २२ शनिबार

प्राइम लाइफ र एभरेष्ट इन्स्योरेन्सको संयुक्तरुपमा घुम्ति बीमा सेवा संचालन

kharibot

काठमाडौँ  । प्राइम लाइफ इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सले संयुक्तरुपमा घुम्ति बीमा सेवा संचालन गरेका छन् ।

बीमा समितिद्वारा जारी शाखारहित घुम्ति बीमा सेवासम्बन्धि मार्गदर्शन–२०७६ मा व्यवस्था भए बमोजिम ग्राहकहरुलाई घरदैलोमा नै बीमा सेवा प्रदानगर्ने उदेश्यले उक्त घुम्ति बीमा सेवा आरम्भ गरेको कम्पनीले जनाएको छ ।

बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाँइले ठाकुरद्घारा, वर्दियामा आयोजित एक भव्य समारोहका बिच सो घुम्ति बीमा सेवाको शुभारम्भ गरेका छन् ।

सो अवसरमा अध्यक्ष चापागाँइले बीमालाइ आम जनतामाझ सरलरुपमा जानकारी गराई बीमा सेवा उपलब्धगराउन यसप्रकारका कार्यक्रमले सहयोग पुग्ने विश्वास ब्यक्त गर्दै जीवन तथा निर्जिवन बीमा ब्यवसायका विभिन्न आयमका सम्वन्धमा आफ्नो धारण व्यक्त भएको थियो ।

उक्त कार्यक्रममा एभरेष्ट इन्स्योरेन्सका कार्यकारी अधिकृत कमल गौतमले स्वगत मन्तव्य तथा प्राइम लाइफ इन्स्योरेन्सका कार्यकारी अधिकृत मनोजकुमार भट्टराईले जीवन बीमाको महत्ववारे आफ्नो धारण व्यक्त गरेका थिए ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै