• २०८३ मङ्सिर १३ आइतबार

दशौँ राष्ट्रिय खेलकुदको सुरक्षाका लागि विशेष समन्वय बैठक सम्पन्न

दशौँ राष्ट्रिय खेलकुदको सुरक्षाका लागि विशेष समन्वय बैठक सम्पन्न

काठमाडौं । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन समारोह तथा समग्र प्रतियोगिताको सुरक्षा व्यवस्थापनलाई प्रभावकारी बनाउन सुर्खेतमा विशेष सुरक्षा समन्वय बैठक सम्पन्न भएको छ ।

आगामी मंसिर १६ गते वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रङ्गशालामा प्रधानमन्त्री वालेन्द्र शाहको उपस्थितिमा प्रतियोगिताको उद्घाटन हुँदैछ ।

उद्घाटन समारोहमा विशिष्ट पाहुनाको आगमन, खेलाडी तथा पदाधिकारीको आवास र दर्शकको भीडलाई ध्यानमा राख्दै सुरक्षा रणनीतिबारे छलफल गरिएको हो ।

बैठकले प्रतियोगिताभर सबै सुरक्षा निकायबीच समन्वय, सूचना आदानप्रदान र आवश्यकताअनुसार संयुक्त रूपमा जनशक्ति परिचालन गर्ने निर्णय गरेको छ। रङ्गशालाको प्रवेश तथा निकास व्यवस्थापन, भीड नियन्त्रण, पार्किङ, ट्राफिक व्यवस्थापन, सीसीटीभी निगरानी र नियमित गस्तीलाई प्राथमिकतामा राखिएको छ ।

मंसिर २७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सात प्रदेश, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र गैरआवासीय नेपाली सङ्घ गरी ११ टोलीका खेलाडी सहभागी हुनेछन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै