• २०८३ मङ्सिर १३ आइतबार

पुस मसान्तसम्म कांग्रेसको जिल्ला र प्रदेश अधिवेशन सकिने

पुस मसान्तसम्म कांग्रेसको जिल्ला र प्रदेश अधिवेशन सकिने

काठमाडौं । नेपाली कांग्रेसले पुस मसान्तसम्म जिल्ला र प्रदेश अधिवेशन सम्पन्न गर्ने तयारी गरेको छ ।

आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपा, ललितपुरमा आयोजित अभिमुखीकरण कार्यक्रममा बोल्दै सभापति थापाले पार्टीको जिल्ला र प्रदेश अधिवेशनको तयारी बारे जानकारी दिदै अधिवेशनका मितिबारे सम्बन्धित जिल्ला तथा प्रदेश समितिसँग परामर्श गरी निर्वाचन समितिले अन्तिम निर्णय सार्वजनिक गर्ने बताए ।

जस अनुसार काँग्रेसले हिमाली जिल्लामा मंसिर २४ र २५ गते तथा अन्य जिल्लामा पुस ४ र ५ गते जिल्ला अधिवेशन गर्ने तयारी गरेको छ ।

 मौसम र हिमपातको सम्भावनालाई ध्यानमा राख्दै हिमाली जिल्लाको अधिवेशन छिटो गर्न लागिएको हो ।

त्यस्तै, प्रदेश अधिवेशन पुस १२ देखि १८ गतेभित्र सम्पन्न गर्ने तयारी छ। सातै प्रदेशको अधिवेशन एकै दिन नगरी एक–दुई दिनको फरकमा सञ्चालन गरिने तयारी गरिएको छ ।

जिल्ला र प्रदेश अधिवेशन अघि काङ्ग्रेसले देशभरका ७५३ वटै पालिकामा ‘हामी तयार छौँ अभियान’ सञ्चालन गर्ने भएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै