• २०८३ मङ्सिर १३ आइतबार

पावरलिफ्टर मनोज श्रेष्ठलाई शिवम् सिमेन्टको सहयोग

पावरलिफ्टर मनोज श्रेष्ठलाई शिवम् सिमेन्टको सहयोग

काठमाडौं । नेपाली पावरलिफ्टर मनोज श्रेष्ठलाई आगामी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारीका लागि शिवम् सिमेन्टले सहयोग गर्ने भएको छ ।

सन् २०१७ देखि पावरलिफ्टिङमा सक्रिय श्रेष्ठले विभिन्न प्रतियोगितामा स्वर्ण पदकसहित उल्लेखनीय सफलता हासिल गरेका छन्। उनले सन् २०२५ को विश्व पावरलिफ्टिङ च्याम्पियनसिपमा स्वर्ण पदक जितेका थिए ।

त्यस्तै, एनवाईएफसी क्लासिक २०२४ मा पनि स्वर्ण पदक जितेका श्रेष्ठले बेन्च प्रेसमा १८० केजी र पावरलिफ्टिङमा कुल ७८१ केजीको कीर्तिमान बनाएका छन् । श्रेष्ठको निरन्तर मेहनत, अनुशासन र उपलब्धिको सम्मान गर्दै आगामी खेल यात्रालाई सहज बनाउन सहयोग गर्न लागेको शिवम् सिमेन्टले जनाएको छ।

शिवम् सिमेन्टले यसअघि पनि भलिबल, फुटबल, क्रिकेट र म्याराथनलगायत खेलकुद गतिविधिमा सहयोग गर्दै आएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै