• २०८३ मङ्सिर १३ आइतबार

राष्ट्रिय खेलकुद: पुरुष फुटबलको सेमिफाइनल समीकरण पुरा

राष्ट्रिय खेलकुद: पुरुष फुटबलको सेमिफाइनल समीकरण पुरा

सुर्खेत । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटबलको सेमिफाइनलको समीकरण पुरा भएको छ ।

आइतबार भएको पुरुष फुटबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लब र कोशी प्रदेशले १–१ गोलको बराबरी खेल्दै दुवैले सेमिफाइनलको स्थान सुरक्षित गरेका छन् ।

योसँगै जारी राष्ट्रिय खेलकुदको पुरुष फुटबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, कोशी प्रदेश, एपीएफ र नेपाल पुलिस क्लब सेमिफाइनलमा पुगेका हुन् ।

अब सेमिफाइनलमा आर्मी र एपीएफ तथा  कोशी र पुलिस भिड्ने छन् । अब सेमिफाइनल र फाइनल खेलहरू जुम्लामा सञ्चालन हुनेछन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै