काठमाडौं । पूर्वमन्त्री मोहनबहादुर बस्नेतले काँग्रेस शेरबहादुर देउवा समुहको महाधिवेशनमा पार्टीको महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन् ।
महाधिवेशनलाई लक्षित गर्दै बस्नेतले वरिष्ठ पत्रकारहरूसँगको भेटघाटका क्रममा महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।
पार्टीको आगामी महाधिवेशनमा नेतृत्वका लागि प्रतिस्पर्धा गर्ने तयारीस्वरूप उनले आफ्नो उम्मेदवारी सार्वजनिक गरेका हुन् ।
देउवा समुहले यहि मंसिर २१, २२ र २३ गते हुने पार्टीको महाधिवेशन गर्दैछ । महाधिवेशनको दिन नजिक आउदै जादा नेताहरुले आफ्नो उम्मेदवारी घोषणा गरिरहेका छन् । देउवा समुहको सभापतिमा भने शशांक कोइराला र विमलेन्द्र निधिले इच्छा व्यक्त गरेका छन् ।









