• २०८३ मङ्सिर ९ बुधबार

देउवा समुहले शशांकलाई दियो महाधिवेशनका आवश्यक समिति गठन गर्ने जिम्मेवारी

देउवा समुहले शशांकलाई दियो महाधिवेशनका आवश्यक समिति गठन गर्ने जिम्मेवारी

काठमाडौं । काँग्रेसका पुर्व सभापति शेरबहादुर देउवा समुहले महाधिवेशन तयारीका लागि आवश्यक १५ देखि २० वटा समिति गठन गर्ने जिम्मेवारी डा. शशांक कोइरालालाई दिइएको छ ।

चुनदेवीमा बसेको शेरबहादुर देउवा पक्षीय नेताहरूको बैठकले महाधिवेशन तयारी समितिका संयोजक कोइरालालाई समिति गठनको जिम्मेवारी दिएको नेता जीतजंग बस्नेतले जानकारी दिएका छन् ।

बस्नेतका अनुसार कोइरालाले भोलिसम्म समितिका संयोजक चयन गर्नेछन्। त्यसपछि संयोजकहरूले सदस्य मनोनयन गरी महाधिवेशनको तयारी अघि बढाउनेछन्। व्यवस्थापन, स्वयंसेवक र मञ्च व्यवस्थापनलगायत समिति गठन गरिनेछ ।

बैठकपछि बस्नेतले आफूहरू नै कांग्रेसको आधिकारिक पक्ष भएको दाबीसमेत गरेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै