काठमाडौँ । अमेरिकाको मेजर लिग सकर (एमएलएस) को प्लेअफमा इन्टर मियामीको यात्रा समाप्त भएको छ ।
शनिबार बिहान भएको खेलमा कोलम्बस क्रुले इन्टर मियामीलाई १–० गोलले पराजित गरेपछि मियामी प्रतियोगिताबाट बाहिरिएको हो ।
यो हारसँगै लियोनल मेसीको कप्तानीमा रहेको इन्टर मियामीको यस सिजनको उपाधि जित्ने सपना समाप्त भएको छ ।
खेलको निर्णायक गोल कोलम्बसका सान्टियागो रोड्रिग्वेजले इन्जुरी समयको दोस्रो मिनेट (९२औँ मिनेट) मा गरेका थिए । उनले अनास जरुरीको पासलाई गोलमा परिणत गर्दै टोलीलाई जित दिलाएका थिए ।
यसअघि पहिलो खेलमा पनि कोलम्बसले मियामीलाई ३–० गोलले हराएको थियो । तीन खेलको प्रतिस्पर्धात्मक पहिलो चरणमा लगातार दुई जित निकाल्दै कोलम्बसले समग्रमा २–० को नतिजासहित क्वार्टरफाइनल अर्थात् पूर्वी सम्मेलनको सेमिफाइनलमा स्थान बनाएको हो ।
यस हारसँगै साबिक विजेता इन्टर मियामीको लगातार दोस्रो पटक एमएलएस उपाधि जित्ने अभियान समाप्त भएको छ । नियमित सिजनमा २६ गोल र १७ गोलमा सहयोग गरेका मेसीले यसपटक पनि सर्वाधिक गोलकर्ताको अवार्ड जितेका थिए । तर प्लेअफमा उनको उत्कृष्ट प्रदर्शनले पनि टोलीलाई अगाडि बढाउन सकेन ।
जितपछि कोलम्बसले अब इस्टर्न कफेरेन्स सम्मेलनको सेमिफाइनलमा न्यु इङ्ल्यान्ड रिभोलुसन तथा फिलाडेल्फिया युनियनबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।









