• २०८३ मङ्सिर १० बिहीबार

काँग्रेसको केन्द्रीय समितिको बैठक आजपनि बस्दै

काँग्रेसको केन्द्रीय समितिको बैठक आजपनि बस्दै

काठमाडौं । नेपाली कांग्रेसले जारी केन्द्रीय समितिको बैठक आज पनि बस्ने भएको छ ।

गत मंगलबारदेखि शुरु भएको बैठक आज बिहान साढे ८ बजेदेखि सानेपास्थित केन्द्रीय कार्यालयमा बस्ने जानकारी दिइएको छ ।

बैठकमा अहिलेसम्म ७० जना केन्द्रीय सदस्यहरुले धारणा राखेको र बोल्नेक्रम नसकिएकाले आज बैठक बस्ने बताइएको छ । 

विहिबारको बैठकले वैकल्पिक आवासको व्यवस्था नगरी होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुम्बासी परिवारलाई समेत हटाउने सरकारको निर्णयप्रति गम्भीर आपत्ति जउदै उक्त निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ ।

साथै काँग्रेसले होल्डिङ सेन्टरको समन्वय र सहजीकरणका लागि केन्द्रीय सदस्य केशव निरौलाको संयोजकत्वमा समिति गठन गरिएको छ । समितिमा केन्द्रीय सदस्य मदनकृष्ण श्रेष्ठ र प्रबल थापा सदस्य रहेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै