• २०८३ कार्तिक ३० सोमबार

मध्यपूर्वमा अमेरिकाका तीनवटा विमानवाहक युद्धपोत एकैसाथ तैनाथ

मध्यपूर्वमा अमेरिकाका तीनवटा विमानवाहक युद्धपोत एकैसाथ तैनाथ

काठमाडौँ । अमेरिकाले मध्यपूर्व क्षेत्रमा थप एउटा विमानवाहक युद्धपोत ‘यूएसएस थियोडोर रुजवेल्ट’ तैनाथ गरेको छ ।

अमेरिकी सैन्य अधिकारीका अनुसार यसअघि नै उक्त क्षेत्रमा अमेरिकाका दुई युद्धपोत ‘यूएसएस जर्ज एचडब्ल्यू बुश’ र ‘यूएसएस जर्ज वासिङ्टन’ तैनाथ थिए भने अब  नयाँ युद्धपोतको आगमनसँगै मध्यपूर्वमा अमेरिकी तीनवटा विमानवाहक युद्धपोत एकैपटक उपस्थित भएका छन् ।

यद्यपि, तीनवटै युद्धपोतको एकै क्षेत्रमा उपस्थिति अस्थायी हुने सम्भावना छ । अमेरिकी युद्धपोतका सैन्य समूहहरूले निर्धारित कार्यतालिकाअनुसार विभिन्न क्षेत्रमा आफ्नो तैनाथी स्थान परिवर्तन गरिरहने भएकाले यस्तो उपस्थिति लामो समयसम्म नरहन सक्ने बताइएको छ ।

अर्कोतर्फ इरानसँग तनावको वातावरण कायम रहेको बेला तिनै युद्धपोत एकै स्थानमा हुनुलाई सामान्य रुपमा लिइएको छैन ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै