• २०८३ कार्तिक २१ शनिबार

२४ घण्टामा देशभर सवारी दुर्घटनामा १० को मृत्यु, २६६ जना घाइते

२४ घण्टामा देशभर सवारी दुर्घटनामा १० को मृत्यु, २६६ जना घाइते

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा १० जनाको मृत्यु भएको छ भने २६६ जना घाइते भएका छन् ।

नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा मधेश प्रदेशमा ३ जनाको मृत्यु भएको छ भने कोशी, बागमती र गण्डकी प्रदेशमा २-२ जनाको मृत्यु भएको छ भने लुम्बिनी प्रदेशमा एक जनाको मृत्यु भएको छ ।  

त्यस्तै देशभर भएका दुर्घटनामा २६६ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा ३५ जना घाइते भएका छन् भने कोशीमा ४२  जना, काठमाडौँ उपत्यकामा २७ जना, सुदूरपश्चिममा १२ जना, बागमतीमा २ जना घाइते भएका छन् भने लुम्बिनीमा ७६  जना, कर्णालीमा २१ जना र गण्डकीमा १५ जना घाइते भएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै