काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ११ जनाको मृत्यु भएको छ भने १३५ जना घाइते भएका छन् ।
नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा मधेश प्रदेशमा ५ जनाको मृत्यु भएको छ भने कोशी प्रदेश र गण्डकी प्रदेशमा २-२ जनाको मृत्यु भएको छ भने लुम्बिनी प्रदेश र काठमाडौँ उपत्यकामा एक एक जनाको मृत्यु भएको छ ।
त्यस्तै देशभर भएका दुर्घटनामा १३५ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा १९ जना घाइते भएका छन् भने कोशीमा ३५ जना, काठमाडौँ उपत्यकामा १९ जना, सुदूरपश्चिममा १४ जना, बागमतीमा १ जना घाइते भएका छन् भने लुम्बिनीमा ३५ जना, कर्णालीमा ३ जना र गण्डकीमा ९ जना घाइते भएका छन् ।









