काठमाडौँ । भारतले न्यूजील्याण्डविरुद्धको पाँच खेलको टी-२० सिरिजमा विजयी शुरुवात गरेको छ ।
क्रिष्टचर्चमा विहिबार सम्पन्न खेलमा भारतले न्यूजील्याण्डलाई ४ विकेटले पराजित गरेको हो । न्यूजील्याण्डले दिएको २२६ रनको लक्ष्य पछाएको भारतले १९.४ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।
भारतका लागी सन्जु सामसनले सर्बाधिक ६७ रन बनाए भने कप्तान श्रेयस अय्यरले ४२, नमन धीरले अविजित ४२, अभिषेक शर्माले २९ र अक्सर पटेलले २४ रन बनाएका थिए ।
यसअघि पहिला ब्याटिंग गरेको न्यूजील्याण्डले २० ओभरमा ४ विकेट गुमाउदै २२५ रन बनको थियो । न्यूजील्याण्डका लागि ग्लेन फिलिपले अविजित ८२ रन बनाएका थिए भने फिन एलेनले ४५ रन बनाएका थिए ।
यो जितपछि भारत ५ खेलको सिरिजमा १-० ले अगाडी भएको छ । अब सिरिजको दोस्रो खेल शनिबार हुने तालिका छन् ।









