काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ भने ३१३ जना घाइते भएका छन् ।
नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा कोशी प्रदेशमा २ जनाको मृत्यु भएको छ भने गण्डकी र बागमती प्रदेश तथा काठमाडौँ उपत्यकामा एक एक जनाको मृत्यु भएको छ ।
त्यस्तै देशभर भएका दुर्घटनामा ३१३ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा ४३ जना घाइते भएका छन् भने कोशीमा १०८ जना, काठमाडौँ उपत्यकामा १६ जना, सुदूरपश्चिममा ४९ जना, बागमतीमा २० जना घाइते भएका छन् भने लुम्बिनीमा ६६ जना, कर्णालीमा ३ जना र गण्डकीमा ८ जना घाइते भएका छन् ।









