• २०८३ कार्तिक ६ बिहीबार

अर्थमन्त्री डा. वाग्ले नयाँदिल्लीमा

अर्थमन्त्री डा. वाग्ले नयाँदिल्लीमा

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले भारतको नयाँदिल्ली पुगेका छन् ।

उनलाई नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा त्यहाँस्थित नेपाली नियोगका प्रतिनिधि डा. सुरेन्द्र थापाले स्वागत गरेका छन् ।

अर्थमन्त्री वाग्ले अक्टोबर २२ र २३ मा आयोजना हुने एनडीटीभी विश्व सम्मेलन २०२६ मा सहभागी हुन नयाँदिल्ली पुगेका हुन् ।

‘व्यवस्थाहरूबीचको विश्व’ विषयमा आयोजना भइरहेको सम्मेलनमा उनले अक्टोबर २३ अर्थात् शुक्रबार सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै