• २०८३ असोज २६ सोमबार

बिमस्टेकको बैठकमा सहभागी हुन गृहमन्त्री गुरुङ भारत प्रस्थान

बिमस्टेकको बैठकमा सहभागी हुन गृहमन्त्री गुरुङ भारत प्रस्थान

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ बिमस्टेकको बैठकमा सहभागी हुन भारत प्रस्थान गरेका छन् । 

बंगालको खाडी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोग पहल (बिमस्टेक) अन्तर्गत आयोजना हुने बैठकमा नेपालसहित सात सदस्य राष्ट्रका गृहमन्त्री सहभागी हुने बताइएको छ ।

बैठकमा नेपाल, बंगलादेश, भुटान, भारत, म्यानमार, श्रीलंका र थाइल्यान्डका गृहमन्त्रीहरूको सहभागिता रहनेछ । बिमस्टेक सदस्य राष्ट्रबीच क्षेत्रीय सहकार्य तथा साझा चासोका विषयमा छलफल गर्ने उद्देश्यले बैठक आयोजना गरिएको हो ।

आज बैठकमा उच्चस्तरीय अधिकारीको भेटवार्ता हुने छ भने मंगलबार मन्त्रिस्तरीय बैठक हुने तालिका रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै