• २०८३ असोज ७ बुधबार

कांग्रेसको पालिकामा अधिवेशन जारी, २४१ पालिकामा असोज ८ र ९ गते हुदै

कांग्रेसको पालिकामा अधिवेशन जारी, २४१ पालिकामा असोज ८ र ९ गते हुदै

काठमाडौं । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशभर पालिका अधिवेशन प्रक्रिया चलिरहेको छ ।

असोज ७ गतेसम्म ५८ जिल्लाका ५१२ पालिकामा उद्घाटन र बन्द सत्रसहित निर्वाचन प्रक्रिया सुरु भएको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ । बाँकी २४१ पालिकामा असोज ८ र ९ गते पनि अधिवेशन जारी रहने जनाइएको छ । केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले अधिवेशन प्रक्रिया उत्साहप्रद रूपमा अघि बढिरहेको बताएका छन् ।

यसैबीच, असोज ८ देखि १२ गतेसम्म भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमानलाई ध्यानमा राखी सम्बन्धित निर्वाचन अधिकृतलाई अधिवेशन सञ्चालन गर्दा मौसमको अवस्थाप्रति सचेत रहन निर्देशन दिइएको छ । पालिका, प्रदेश सभा र प्रतिनिधिसभा अधिवेशनका लागि अनुकूल समय मिलाएर निर्वाचन प्रक्रिया अघि बढाउन समितिले आग्रह गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै