काठमाडौँ । स्तन क्यान्सरसम्बन्धी जनचेतना बढाउने उद्देश्यले ‘पिंकवाक २०२६’ आयोजना हुने भएको छ ।
इन्फिनिट केयर्स र क्यान्सर केयर नेपालको सहकार्यमा असोज १७ गते बिहान ६ बजे पदयात्रा आयोजना हुनेछ। सहभागीले काठमाडौँको बसन्तपुरस्थित दरबार क्षेत्रदेखि ललितपुरको मंगलबजारस्थित पाटन दरबार क्षेत्रसम्म पदयात्रा गर्नेछन्।
कार्यक्रममा स्वास्थ्यकर्मी, क्यान्सरबाट निको भएका व्यक्ति, प्रभावित परिवार, विभिन्न संघसंस्था, सञ्चारकर्मी तथा सर्वसाधारण सहभागी हुने आयोजकले जनाएको छ ।
कार्यक्रममार्फत स्तन क्यान्सरको प्रारम्भिक पहिचान, नियमित स्वास्थ्य परीक्षण र समयमै उपचारको महत्वबारे सचेतना फैलाइनेछ। साथै क्यान्सर प्रभावित व्यक्ति तथा परिवारप्रति ऐक्यबद्धता जनाउने उद्देश्यसमेत रहेको आयोजकले जनाएको छ । कार्यक्रमसम्बन्धी थप जानकारीका लागि: https://pinkwalk.github.io/ मा सम्पर्क गर्न सकिने आयोजकले जानकारी दिएका छन् ।









