• २०८३ मङ्सिर ८ मंगलबार

सिटी एक्सप्रेस इन्भेष्टमेन्ट फण्डलाई बालाजु क्षेत्रको उत्कृष्ट आयकर सम्मान

सिटी एक्सप्रेस इन्भेष्टमेन्ट फण्डलाई बालाजु क्षेत्रको उत्कृष्ट आयकर सम्मान

काठमाडौं । सिटी एक्सप्रेस ग्रुपको सहायक कम्पनी सिटी एक्सप्रेस इन्भेष्टमेन्ट फण्ड प्रालि आन्तरिक राजस्व कार्यालय बालाजुको कार्यक्षेत्रभित्र सबैभन्दा बढी आयकर दाखिला गर्ने करदाताका रूपमा सम्मानित भएको छ ।

राष्ट्रिय कर दिवस २०८३ तथा कर सप्ताहका अवसरमा आन्तरिक राजस्व कार्यालय बालाजुले आयोजना गरेको विशेष समारोहमा कम्पनीलाई कदरपत्रसहित सम्मान गरिएको हो ।

आर्थिक वर्ष २०८१/८२ मा आफ्नो कार्यक्षेत्रभित्र सर्वाधिक आयकर दाखिला गरी राज्यको राजस्व संकलन तथा आर्थिक विकासमा योगदान पुर्‍याएको भन्दै कम्पनीलाई सम्मान गरिएको हो । कम्पनीले राज्यको कर नीति तथा कानुनको पूर्ण पालना गर्दै पारदर्शी व्यावसायिक अभ्यासमार्फत राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्‍याउन पाउनु गौरवको विषय भएको जनाएको छ ।

यस सम्मानले आगामी दिनमा थप उत्तरदायी र पारदर्शी रूपमा लगानी तथा वित्तीय सेवा विस्तार गर्न प्रेरणा मिलेको कम्पनीको भनाइ छ । सिटी एक्सप्रेस ग्रुपअन्तर्गतका अन्य भगिनी संस्थाहरूले पनि यसअघि विभिन्न क्षेत्रमा उत्कृष्ट करदाताको सम्मान प्राप्त गर्दै आएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै