• २०८३ भदौ २४ बुधबार

एनभीएलमा आज दुई खेल हुदै

एनभीएलमा आज दुई खेल हुदै

काठमाडौँ । जारी नेपाल भलिबल लिग (एनभीएल) मा आज दुई खेल हुदैछन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आज अन्नपूर्ण स्पाइकर्स किंग र खप्तड फाल्कन्सबीच दिउँसो ४ बजे तथा कर्णाली शिवराज र काठमाडौँ रेड्सबीच साँझ ७ बजे खेल हुनेछ ।

खप्तडले यसअघि खेलेका तिनै खेलमा हार बेहोरेको छ भने अन्नपूर्णले यसअघि खेलेका ३ मध्ये २ खेल जितेको छ । 

त्यस्तै काठमाडौँ रेड्सले यसअघि खेलेका ३ खेलमा २ जित र एक हार बेहोरेको छ भने कर्णाली अपराजित रहदै तिनै खेल जितेको छ ।  

केडिया समूहद्वारा आयोजित लिगमा ६ टोलीको सहभागिता रहेको छ । नेपाली पुरुष भलिबलमा पहिलोपटक आयोजना गरिएको फ्रेन्चाइज लिगको विजेताले २० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । यो नेपाली भलिबलमा अहिलेसम्मकै सर्वाधिक नगद पुरस्कार हो ।

भदौ २७ गतेसम्म सञ्चालन हुने लिगमा ६ टोलीले एकअर्काविरुद्ध एकपटक खेल्नेछन् । लिग चरणको अन्त्यमा शीर्ष स्थानमा रहने टोली सिधै फाइनलमा पुग्नेछ । दोस्रो र तेस्रो स्थानमा रहने टोलीले फाइनल प्रवेशका लागि निर्णायक खेल खेल्नेछन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै