• २०८३ भदौ २१ आइतबार

एनभीएलमा आज पनि दुई खेल हुदै

एनभीएलमा आज पनि दुई खेल हुदै

काठमाडौँ । जारी नेपाल भलिबल लिग (एनभीएल) मा आज दुई खेल हुदैछन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आज मधेश वारियर्स र अन्नपूर्ण स्पाइकर्सबीच दिउँसो ४ बजे तथा सगरमाथा स्मासर्ससँग र कर्णाली शिवराजबीच साँझ ७ बजे खेल हुनेछ ।

अन्नपूर्णले यसअघि खेलेका २ खेलमा एक जित र एक हार बेहोरेको छ भने मधेश वारियर्सले यसअघि खेलेका दुवै खेलमा हार बेहोरेको छ । 

त्यस्तै कर्णालीले यसअघि खेलेका दुवै खेलमा जित हासिल गरेको छ भने सगरमाथा स्मासर्सले पनि यसअघिका दुवै खेल जितेको छ ।  

केडिया समूहद्वारा आयोजित लिगमा ६ टोलीको सहभागिता रहेको छ । नेपाली पुरुष भलिबलमा पहिलोपटक आयोजना गरिएको फ्रेन्चाइज लिगको विजेताले २० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । यो नेपाली भलिबलमा अहिलेसम्मकै सर्वाधिक नगद पुरस्कार हो ।

भदौ २७ गतेसम्म सञ्चालन हुने लिगमा ६ टोलीले एकअर्काविरुद्ध एकपटक खेल्नेछन् । लिग चरणको अन्त्यमा शीर्ष स्थानमा रहने टोली सिधै फाइनलमा पुग्नेछ । दोस्रो र तेस्रो स्थानमा रहने टोलीले फाइनल प्रवेशका लागि निर्णायक खेल खेल्नेछन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै