काठमाडौँ । जारी नेपाल भलिबल लिग (एनभीएल) अन्तर्गत मधेश वारियर्सले खप्तड फाल्कन्सलाई सोझो सेटमा पराजित गरेको छ ।
मंगलबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सम्पन्न खेलमा मधेशले खप्तडलाई २५-२१, २५-२० र २५-२३ को सोझो सेटमा पराजित गरेको हो ।
मधेशको चार खेलमा यो पहिलो जित हो भने खप्तडले लगातार तेस्रो खेलमा हार बेहोरेको छ ।
एनभीएल अन्तर्गत आज दोस्रो खेलमा काठमाडौँ रेड्स र सगरमाथा स्मासर्स साँझ ७ बजे आमने सामने हुदैछन् ।









