• २०८३ श्रावण २५ सोमबार

पाल्पामा जिप दुर्घटना हुँदा १० जना घाइते

पाल्पामा जिप दुर्घटना हुँदा १० जना घाइते

बुटवल । पाल्पाको तिनाउ गाउँपालिका –०४ चिउरीडाँडामा पिकअप जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।

सोमबार बिहान करिब ७ बजेको समयमा लु १ ज २२३७ नम्बरको मुस्ताङ पिकअप जिप अनियन्त्रित भई सडकबाट करिब ११० मिटर तल खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा जिपमा सवार चालकसहित १० जना घाइते भएका छन् । घाइतेमध्ये १ जनाको अवस्था गम्भीर र ९ जनाको अवस्था मध्यम रहेको छ ।

घाइतेहरूको उद्धार गरी लुम्बिनी प्रादेशीक अस्पतालमा लगि उपचार भइरहेको र दुर्घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै