काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ भने १२७ जना घाइते भएका छन् ।
नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा कोशी र लुम्बिनीमा २-२ जना तथा बागमतीमा एक जनाको मृत्यु भएको छ ।
त्यस्तै देशभर भएका दुर्घटनामा १२७ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा ५७ जना घाइते भएका छन् भने काठमाडौँ उपत्यकामा २७ जना घाइते भएका छन् । त्यस्तै कोशीमा २० जना, बागमतीमा ३ जना घाइते भएका छन् भने लुम्बिनीमा १४ जना, सुदूरपश्चिममा ५ जना र कर्णालीमा १ जना घाइते भएका छन् ।









