काठमाडौं । नेपाल प्रिमियल लिग (एनपीएल) को तेस्रो सिजनको लागि सुदूरपश्चिम रोयल्सले सैफ जैबलाई टिममा पुनः अनुबन्ध गरेको छ । गत सिजन पनि सुदूरपश्चिमको टिममा रहेका सैफ जैब टिममा फर्किएका हुन् ।
उनले पहिलो र दोस्रो सिजनको एनपीएल सुदूरपश्चिम रोयल्सबाटै खेलेका थिए । २८ वर्षीय इङ्ल्यान्डका ब्याटिङ अलराउन्डर सैफ सुदूरपश्चिम रोयल्सको दुवै संस्करणमा फाइनल पुगेर उपविजेता बन्दा महत्वपूर्ण भूमिका खेलेका थिए ।
दिपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम रोयल्समा अभिनाश बोहरा, आरिफ शेख, विनोद भण्डारी, इसान पाण्डे, हेमन्त धामी, हिक्मत महरा, सचिन भट्ट, आयुब चन्द, अनिल खरेल, दिपक बोहोरा, मिलन बोहोरा र टेक रावतलगायतका खेलाडी रहेका छन् ।
एनपीएलको तेस्रो संस्करण आगामी कात्तिक ९ गतेबाट सुरु हुने तालिका सार्बजनिक भएको छ ।









