काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को अक्सन सोमबार सम्पन्न भएको छ ।
सोमबार सम्पन्न अक्सनमा १५५ खेलाडीलाई प्रस्तुत गरिएको थियो । जसमा क्याटोगरी ए मा ५ जना, समुह बी मा २७ र समुह सी मा १२३ खेलाडी रहेका थिए । आठ फ्रेन्चाइजीले १५५ खेलाडीबाट ५२ खेलाडी किनेका हुन् । टिमहरुले रिटेन गरेका र अक्सनबाट १४-१४ खेलाडीको टिम बनाएका छन् भने अब विदेशी खेलाडी किन्नेतर्फ सबै फ्रेन्चाइजीको ध्यान केन्द्रीत हुने छ ।
यस्तो छ आठ फ्रेन्चाइजीको खेलाडीको सूची:
चितवन राइनोज
मार्की खेलाडी कुशल मल्ल, दीपक बोहोरा, देव खनाल, रिजन ढकाल, कमल सिंह ऐरी, रन्जीत कुमार र अर्जुन साउद रिटेन भएका छन् । अक्सनबाट आशिक धामी, विपिन रावल, मौसम ढकाल, गौतम केसी, विवेक कुमार यादव र सलाउद्दीन खान ।
लुम्बिनी लायन्स
रोहित पौडेलसहित सन्दीप जोरा, शेर मल्ल, दिनेश अधिकारी, दिलिप नाथ, अभिषेक गौतम र तिलक भण्डारीलाई रिटेन गरेको छ । अक्सनबाट अरनिको यादव, दुर्गेस गुप्ता, आकाश त्रिपाठी, आसिफ सेख, किशोर महत्तो, अजय चौहान
सुदूरपश्चिम रोयल्स
दिपेन्द्रसिंह ऐरी (मार्की), अभिनाश बोहरा, आरिफ शेख, विनोद भण्डारी, इसान पाण्डे, हेमन्त धामी, हिक्मत महरा रिटेन गरेको छ । अक्सनबाट सचिन भट्ट, आयुब चन्द, अनिल खरेल, दिपक बोहोरा, मिलन बोहोरा र टेक रावत ।
विराटनगर किंग्स
मार्की खेलाडी सन्दीप लामिछानेसहित लोकेश बम, बसिर अहमद, नारायण जोशी, प्रतिश जिसी र सुबास भण्डारीलाई रिटेन गरेको छ । अक्सनबाट सुजन थपलिया, अपराजित पौडेल, प्रतिक श्रेष्ठ, रुपेश कुमार सिंह, नरेन साउद, दिलसाद अली र इमरान सेख ।
काठमाडौँ गोर्खाज
करण केसीसहित भिम सार्की, आदील आलम, रशिद खान, सन्तोष यादव र शाहाब आलमलाई रिटेन गरेको छ । अक्सनबाट प्रसिद्ध जैसी, दयानन्द मण्डल, सोनु देवकोटा, कृष्ण पौडेल, साहिल पटेल, देव शाह, सुयान्शु कोइराला ।
जनकपुर बोल्ट्स
यस सिजनका लागि ललित राजवंशी (मार्की खेलाडी), अनिलकुमार शाह, मयन यादव, विकास आग्री र आदित्य महतालाई रिटेन गरेको छ । अक्सनबाट सन्तोष कार्की, रित गौतम, आशुतोष पाण्डे, विशाल सुस्लिंग राई, अभिषेक तिवारी, बिशाल पटेल, तृतराज दास, अमर सिंह राउतेला ।
कर्णाली याक्स
मार्की खेलाडी सोमपाल कामी, गुल्सन झा, नन्दन यादव, दिपक प्रसाद डुम्रे, पवन सर्राफ, युनिस विक्रम सिंह ठकुरी र युवराज खत्रीलाई तेस्रो सिजनका लागि रिटेन गरेको छ । अक्सनबाट सुर्य तामाङ, विपिन प्रसाद शर्मा, सुभ कन्साकर, सचिन शर्मा, दिपेन्द्र रावत, दिवान पुन ।
पोखरा एभेन्जर्स
कुशल भुर्तेलसहित सागर ढकाल, अर्जुन कुमाल, विपिन खत्री, आकाश चन्द, किरण ठगुन्ना र दिनेश खरेललाई रिटेन गरेको छ । अक्सनबाट सन्नी विक, विवेक राना मगर, सुदिप अर्याल, अर्जुन घर्ति, प्रतिक पोखरेल, विपिन आचार्य ।









