• २०८३ श्रावण २४ आइतबार

आदिवासी जनजातिका अधिकार नयाँ पुस्तामा पुर्‍याउनुपर्छ- मन्त्री श्रेष्ठ

आदिवासी जनजातिका अधिकार नयाँ पुस्तामा पुर्‍याउनुपर्छ- मन्त्री श्रेष्ठ

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले आदिवासी जनजाति समुदायले लामो संघर्षबाट प्राप्त गरेका अधिकारलाई संरक्षण गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्ने बताएका छन्।

३२औँ विश्व आदिवासी दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले अधिकार प्राप्त गर्नु मात्र पर्याप्त नभई त्यसको कार्यान्वयन र संस्थागत विकासमा ध्यान दिनुपर्ने बताए ।

उनले भाषा, संस्कृति, पहिचान, परम्परा, सीप र सम्पदाको संरक्षणलाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै आदिवासी जनजातिका अधिकारलाई शिक्षा, रोजगारी, अवसर र आर्थिक विकाससँग जोड्नुपर्ने बताए ।

श्रेष्ठले परम्परागत ज्ञान, सीप र जीवनशैलीलाई आधुनिक विज्ञान तथा प्रविधिसँग जोडेर नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्नेमा जोड दिदै आदिवासी समुदायका सम्पदालाई संग्रहालयमा मात्र सीमित नराखी जीवन्त प्रयोगमा ल्याउनुपर्ने बताएका थिए ।

बसाइँसराइ, आधुनिकीकरण, जलवायु परिवर्तन र बाह्य संस्कृतिको प्रभावले आदिवासी जनजातिका भाषा, संस्कृति र पहिचानमा चुनौती थपिएको उल्लेख गर्दै उनले नेपालको सामाजिक, सांस्कृतिक तथा भाषिक विविधतालाई राष्ट्रिय सम्पत्तिका रूपमा संरक्षण गर्नुपर्ने बताए ।

उनले प्राप्त अधिकार संस्थागत भए–नभएको विषयमा समुदायले आत्मसमीक्षा गर्नुपर्ने र नयाँ पुस्तालाई आफ्नो इतिहास, संस्कृति तथा अधिकारबारे सचेत बनाउनुपर्नेमा जोड दिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै