• २०८३ असार ८ सोमबार

बेलायतका प्रधानमन्त्री स्टार्मरले दिए राजीनामा

बेलायतका प्रधानमन्त्री स्टार्मरले दिए राजीनामा

काठमाडौँ । बेलायतका प्रधानमन्त्री कीर स्टार्मरले राजीनामा दिएका छन् ।

स्टार्मरले राजीनामाको घोषणा गर्दै आफु पछि प्रधानमन्त्री बन्ने नेतालाई पुरा सहयोग गर्ने बताएका छन् । लेबर पार्टीको नेताबाट राजीनामा दिदै स्टार्मरले पार्टीको कमिटीलाई जुलाई ९ सम्म नयाँ नेता चयन गर्न आग्रह गरेका छन् ।

स्टार्मरको राजीनामा सँगै बेलायतमा पछिल्लो १० वर्षमा कार्यकाल पूरा नगरी पद छोड्ने उनी बेलायतका छैटौँ प्रधानमन्त्री बनेका छन् । यसअघि डेभिड क्यामरुन, थेरेसा मे, बोरिस जोन्सन, लिज ट्रस र ऋषि सुनकले पनि कार्यकाल पूरा नहुँदै पद त्यागेका थिए ।

स्टार्मरले सन् २०२४ को आमनिर्वाचनमा लेबर पार्टीलाई ठूलो जित दिलाएका थिए । जुलाई ५ २०२४ मा बेलायतको प्रधानमन्त्री बनेका स्टार्मर त्यसपछि निरन्तर लोकप्रियता घट्दै गएको थियो । उनको कार्यकालमा विभिन्न विवाद, नीतिगत निर्णयमा पटक–पटक परिवर्तन तथा सुधारका वाचा पूरा गर्न नसक्दा उनको छविमा असर परेको बताइएको छ ।

विशेषज्ञहरूका अनुसार बेलायतमा प्रधानमन्त्री बारम्बार परिवर्तन हुनुको मुख्य कारण त्यहाँको संसदीय प्रणाली हो । बेलायती नागरिकले प्रधानमन्त्रीलाई प्रत्यक्ष रूपमा निर्वाचित गर्दैनन् । प्रधानमन्त्री आफ्नो पार्टीका सांसदहरूको समर्थनका आधारमा पदमा रहने व्यवस्था छ ।

 कन्जरभेटिभ पार्टीमा १५ प्रतिशत सांसदले विरोध जनाए अविश्वास प्रस्ताव ल्याउन सकिन्छ भने लेबर पार्टीमा २० प्रतिशतभन्दा बढी सांसद र सदस्यको समर्थन पाए अर्को नेताले नेतृत्वका लागि दाबेदारी प्रस्तुत गर्न सक्ने वयवस्था गरिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै