काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपाल भ्रमणमा रहेकी अमेरिकी सार्वजनिक कूटनीति तथा जनसम्पर्क मामिला सम्बन्धी अमेरिकी उपविदेशमन्त्री सराह बी रोजर्सले भेटवार्ता गरेकी छन् ।
सोमबार मन्त्रालयमा भएको भेटवार्तामा नेपाल-अमेरिका सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयले लगानी, व्यापार, संस्कृति र पर्यटनका क्षेत्रमा सहकार्य विस्तार गर्ने बारे दुई पक्षबीच विचार आदानप्रदान भएको जनाएको छ ।









