• २०८३ जेठ १८ सोमबार

सञ्चारमन्त्री तिमिल्सिनासँग स्टारलिंककी निर्देशक हन्टरको भेटवार्ता

सञ्चारमन्त्री तिमिल्सिनासँग स्टारलिंककी निर्देशक हन्टरको भेटवार्ता

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासँग स्याटेलाईट प्रविधिमा आधारित ईन्टरनेट सेवा प्रदायक अन्तररास्ट्रिय  कम्पनी स्टारलिंककी निर्देशक रेबिका हन्टरले भेटवार्ता गरेकी छन् ।

भेटका क्रममा हन्टरले स्टारलिंकले नेपालमा इन्टरनेट सेवा सञ्चालनका लागि अनुमती लिन चाहेको तर केही नीतिगत तथा कानुनी जटिलताका कारण अनुमती पाउन नसकेको बताएकी थिइन् । 

लाइसेन्समा शतप्रतिशत स्टारलिंककै स्वामित्व भएमात्र अनुमति लिन सकिने धारणा उनले राखेकी थिइन् । व्यावसायिक साझेदारी तथा सहकार्यका लागि नेपालका केही सेवा प्रदायकहरूसँग छलफल भैरहेको उनले जानकारी गराएकी थिइन् ।

सो भेटमा सञ्चारमन्त्री डा. तिमिल्सिनाले नेपालको विद्यमान दूरसञ्चार नीति तथा कानुनी व्यवस्थाअनुसार वैधानिक प्रक्रिया अनुरुप सेवा सञ्चालन गर्न कुनै अवरोध नहुने बताएका थिए ।

विश्वकै धनी एलन मस्कको कम्पनी स्टारलिंकले विश्वका धेरै देशमा द्रुतगतिको इन्टरनेट सेवा प्रदान गरिरहेको छ ।  स्टारलिंकले छिमेकी मुलुक भारतमा समेत सेवा संचालनको प्रक्रिया पुरा गरिसकेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै