काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट बारे आज पत्रकार सम्मेलन गर्दैछन् ।
अर्थमन्त्री डा. वाग्लेले संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/८४ को बजेटका सन्दर्भमा थप जानकारी दिन आज अपराहन्न ३ बजे पत्रकार सम्मेलन गर्न लागेका हुन् ।
पत्रकार सम्मेलन अर्थ मन्त्रालयको सुवर्ण हलमा हुने उनको सचिवालयले जानकारी दिएको छ ।









