काठमाडौँ । प्रतिनिधि सभामा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमाथि लगातार तीन दिन छलफल हुने भएको छ ।
शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले जेठ १८, १९ र २० गते आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमाथि छलफलको समय तोकेका हुन् ।
त्यसअघि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेटसम्बन्धी विधेयक प्रस्तुत गरेका थिए ।
सभामुख अर्यालका अनुसार उक्त अवधिमा सांसदहरूले बजेटबारे धारणा राख्नेछन् भने अर्थमन्त्री डा. वाग्लेले बजेट बारेमा उठेका प्रश्नहरूको जवाफ दिनेछन् ।









