• २०८३ बैशाख २५ शुक्रबार

संघीय संसदका तीन समितिको बैठक बस्दै

संघीय संसदका तीन समितिको बैठक बस्दै

काठमाडौँ । आज संघीय संसदका तीन समितिको बैठक बस्दैछ ।

आज प्रतिनिधि सभा अन्तर्गतका कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दैछ भने राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति संयुक्त समितिको पनि बैठक बस्दैछ ।

आज दिउसो १ बजेदेखि बस्ने कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको परिचयसहित हालसम्म सम्पादित कामकारबाही, चालु आर्थिक वर्षको प्रगति समीक्षा र आगामी कार्ययोजनाका सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ ।

त्यसैगरी विहान साढे १० बजेदेखि बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा . समितिको आन्तरिक विषयमा छलफल हुने जानकारी दिइएको छ ।

त्यस्तै  दिउसो १ बजेदेखि बस्ने राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति संयुक्त समितिको बैठकमा समितिको कार्यविधि बनाउने विषयमा छलफल हुने जानकारी दिइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै