• २०८३ बैशाख २५ शुक्रबार

श्रम संस्कृति पार्टीमा आवद्ध भए सुदन किराती

श्रम संस्कृति पार्टीमा आवद्ध भए सुदन किराती

काठमाडौँ । पूर्वमन्त्री सुदन किराती श्रम संस्कृति पार्टीमा आवद्ध भएका छन् । लामो समयको अड्कलबाजीपछि किराती र श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङबीच सहमति भएको हो ।

विहिबार भएको सहमतिमा सुदन किरातीलाई पार्टीमा वरिष्ठ नेता बनाइने भएको छ । केही समय अघि प्रगतीशिल लोकतान्त्रिक पार्टी छाडेका पूर्व मन्त्री किरातीसहित उनीसँगै अन्य केहि नेताहरु पनि श्रम संस्कृतिमा प्रवेश गरेका छन् । उनको टिमबाट केहीलाई केन्द्रीय सदस्य बनाउने तयारी रहेको बुझिएको छ ।

यसको औपचारिक घोषणा आज गरिने बताइएको छ । किरातीले गत निर्वाचनमा श्रम संस्कृतिका उम्मेदवारलाई सहयोग गरेका थिए । 

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै