काठमाडौँ । पूर्वमन्त्री एवम रास्वपा सांसद जगदीश खरेलले आफूमाथि मिडिया ट्रयाल भएको बताएका छन् ।
सामाजिक सञ्जाल र मिडियामा स्मार्ट टेलिकममा ३० अर्ब ठगि प्रकरणमा उनको नाम जोडेर समाचार आएपछि उनले लेख्दै आफूमाथि मिडिया ट्रयाल भएको बताएका हुन् ।
उनले आफ्नो विरुद्ध नियोजित रुपमा फेक न्यूज फैलाइएको भन्दै भ्रममा नपर्न आग्रह गरेका छन् । उनले भनेका छन्- 'अहिले ममाथि मिडिया ट्रायल भएको छ । केही सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा मेरो नाम जोडेर नियोजित रूपमा ‘फेक न्युज’ फैलाइएको छ । कृपया भ्रममा नपर्नु होला । अहिले म कार्यक्रमको सिलसिलामा स्विजरल्याण्डमा छु । गल्ती गरेको छैन । त्यसैले अलिकति पनि डर छैन । सोधे हुन्छ, खोजे हुन्छ, तर सत्य सत्य नै हुन्छ ।'
उनले आफ्नो इमान नै गन्तब्यको लागि प्रयाप्त रहेको भन्दै यस्ता भ्रामक, नियोजित तथा कपोल्कल्पित प्रहारले चरित्र र राजनीतिक भविष्यमाथी प्रहार गर्छु भनेर नसोच्न आग्रह गर्दै कानुनी उपचार खोज्ने बताएका छन् ।









