काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालसँग दक्षिण एसियाका लागि युनिसेफका क्षेत्रीय निर्देशक सञ्जय विजेसेकेरा र नेपालका लागि युनिसेफ प्रतिनिधि एलिस अकुङ्गाले शिष्टाचार भेट गरेका छन् ।
विहिबार परराष्ट्र मन्त्रालयमा भएको भेटवार्ताका क्रममा नेपाल र युनिसेफबीच विभिन्न क्षेत्रमा भइरहेको सहकार्यबारे छलफल भएको थियो ।
भेटमा विशेषगरी बालकल्याण, स्वास्थ्य, शिक्षा, खानेपानी तथा सरसफाइजस्ता क्षेत्रमा जारी सहयोगका विषयमा कुराकानी भएको मन्त्रालयले जनाएको छ ।









