• २०८३ बैशाख २२ मंगलबार

परराष्ट्रमन्त्री खनाल र जर्मनीका विशेष दूत ब्रोजबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र जर्मनीका विशेष दूत ब्रोजबीच भेटवार्ता

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालसँग जर्मनीका विशेष दूत एक्कार्ड ब्रोजले भेटवार्ता गरेका छन् ।

मंगलबार सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटका क्रममा नेपाल–जर्मनी सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

उक्त भेटमा नेपालका लागि जर्मनीका राजदूत उडो युजेन भोल्ज तथा जर्मनीको परराष्ट्र कार्यालयअन्तर्गत भारत तथा दक्षिण एशिया महाशाखाका प्रमुख स्टेफेन नोर्बर्ट कोख पनि सहभागी रहेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै