बनेपा । काभ्रेको चौरी देउरालीको टाडीगाउँमा स्काभेटर पुरिंदा चालकको मृत्यु भएको छ ।
टाडीगाउँस्थित मध्यपहाडी लोक मार्गको सडक खण्डमा सडक बढाउने ट्रयाक खोल्नेक्रममा सडकमाथिबाट ढुंगासहितको ढिस्को खस्दा बा २ क २७९२ नम्बरको स्काभेटर पुरिदा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतक चालक रौतहटको पौराही- ३ का ४१ बर्षिय दिलिप स्माली रहेको प्रहरीले जानकारी दिदै घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।









