• २०८३ बैशाख १२ शनिबार

काभ्रेस्थित बीपी राजमार्ग फेरी अवरुद्ध

काभ्रेस्थित बीपी राजमार्ग फेरी अवरुद्ध

काभ्रे । काभ्रेस्थित बीपी राजमार्ग फेरी अवरुद्ध भएको छ । गएराती भएको बर्षाले बीपी राजमार्गका तीन विभिन्न स्थानमा आएको पहिरो र लेदोले राजमार्ग अवरुद्ध भएको छ ।  

काभ्रेको रोशी गाउँपालिका ११ को माम्तीस्थित बिपि राजमार्ग सडक खण्डमा माम्ती खोलामा सडकमाथिबाट भेल आई सडक कटान गरी बाटो दुई तर्फी अवरुद्ध भएको छ ।

त्यस्तै गएराती नै काभ्रेको रोशी- ९ पिन्थलीस्थित बिपि राजमार्ग सडक खण्डमा खहरे खोलाको लेदो आई बाटो दुई तर्फी अवरुद्ध भएको छ । त्यस्तै गएराती नै रोशी- ९ बिरुवाडाँडास्थित बीपी राजमार्ग सडक खण्डमा खहरे खोलाको लेदो आई बाटो अवरुद्ध भएको प्रहरीले जनाएको छ  ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै